रहर नहुँदानहुँदै मन्त्री बनेको कुलमानको भनाइ, भने : म पदलोलुप होइन

हिमाल प्रेस १० माघ २०८२ १४:१६
6
SHARES
रहर नहुँदानहुँदै मन्त्री बनेको कुलमानको भनाइ, भने : म पदलोलुप होइन फाइल तस्बिर

काठमाडौँ- उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले सरकारसँग जोडेर आफूविरुद्ध उठेका प्रश्नको जवाफ दिएका छन्। सरकार छोडेपछि आएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले सरकारमा जानुअघि नै गरेको घोषणाअनुसार आफू अघि बढेको बताएका छन्।

सरकारमा सहभागी हुने सन्दर्भबारे घिसिङले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् । ‘सरकारमा सहभागी हुने बेलामै मैले भविष्यमा राजनीतिमा जाने सोच स्पष्ट रूपमा राख्दै यो गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्ट पारेको थिएँ’, घिसिङले भनेका छन्, ‘तर, तत्कालीन परिस्थितिमा मेरो सहभागिता आवश्यक भएको, जेनजी आन्दोलनका भाइबहिनीहरूको पनि यही माग रहेको र पछि राजनीतिमा जानुपरेमा राजीनामा दिएर जान सकिने सम्माननीय प्रधानमन्त्रीको आग्रहपछि मैले जिम्मेवारी स्वीकार गरेको हुँ।’

त्यति बेला राज्य शून्यताजस्तो अवस्थामा रहेकोले प्रधानमन्त्रीको आग्रह अस्वीकार गर्न नसकेको उनको भनाइ छ। घिसिङले मन्त्री पदबाट दिएको राजीनामा पनि जनताको मागअनुसार नै भएको स्पष्ट पारेका छन्।

‘आफ्नो अडान प्रस्ट राखेरै काम गरेको थिएँ, र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ । म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ’, घिसिङले भने । तीन मन्त्रालय सम्हाल्दै आफूले गरेको कामले नै सबै कुरा स्पष्ट हुने उनको भनाइ छ।

प्रकाशित: १० माघ २०८२ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast