कुलमानले दिए मन्त्रीबाट राजीनामा

हिमाल प्रेस २३ पुष २०८२ २१:३३
20
SHARES
कुलमानले दिए मन्त्रीबाट राजीनामा

काठमाडौँ- उर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसमेत सम्हालेका घिसिङले बुधबार प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा दिएका हुन्।

उनले बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन्। राजीनामा बुझाएपछि उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएपछि उनीमाथि राजनीमा दिनुपर्ने दबाब बनेको थियो। नागरिक सरकार भएकाले कुनै पनि पार्टीको व्यक्ति सरकारमा रहन नहुने भन्दै आलोचना भएको थियो।

प्रधानमन्त्री कार्कीले बालुवाटारमा घिसिङलाई खादा लगाएर बिदाइ गरेकी थिइन्।

प्रकाशित: २३ पुष २०८२ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast