रास्वपामा मिलेर जान नसकिने निष्कर्षमा कुलमान, आफ्नै नेतृत्वको पार्टी चलाउने तयारी

हिमाल प्रेस २६ पुष २०८२ ७:२३ | Saturday, January 10, 2026
58
SHARES
रास्वपामा मिलेर जान नसकिने निष्कर्षमा कुलमान, आफ्नै नेतृत्वको पार्टी चलाउने तयारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समायोजन भएका कुलमान घिसिङ फेरि अलग्गिने तयारीमा लागेका छन्। रास्वपाले अपेक्षाकृत पद नदिएका कारण अलग्गिने तयारीमा लागेका निकट स्रोतले जनाएको छ।

गत साता मात्रै रास्वपाको दोस्रो वरीयतासहित उपसभापति बन्नेगरी कुलमानले आफ्नो उज्यालो नेपाल पार्टी समायोजन गरेका थिए। केन्द्रीय समितिमा २६ जना र समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद बन्नेगरी उम्मेदवार सूचीमा राख्नुपर्ने माग कुलमानले अघि सारेका थिए। तर रास्वपाले सम्भव नहुने बताएपछि कुलमान बाहिरिन लागेका हुन्।

अब उनी उज्यालो नेपाल पार्टी नै अघि बढाउने तयारीमा छन्। पार्टी स्रोतका अनुसार रास्वपा सभापति लामिछानेसँग कुलमानले शुक्रबार बौद्धमा छलफल गरेका थिए। तर छलफल सकारात्मक बन्न सकेन।

२१ जनालाई केन्द्रीय सदस्य दिन आफू तयार रहे पनि समानुपातिकमा सांसद हुने निश्चित गर्न नसकिने रविले बताएका थिए। उनले पार्टी राजनीतिमा सक्रिय बन्नकै लागि मन्त्री पदबाट पनि राजीनामा दिएका छन्। मन्त्री पदबाट राजीनामा दिँदै कुलमानले आफू अब राजनीतिमा सक्रिय बन्ने जनाएका थिए। उनले रास्वपाको सदस्य नरहेको समेत त्यसबेला खुलाएका थिए।

प्रकाशित: २६ पुष २०८२ ७:२३ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast