मन्दिर पूजा गरेर कुलमानले थाले चुनावी यात्रा

हिमाल प्रेस १५ माघ २०८२ १२:२९ | Thursday, January 29, 2026
14
SHARES
मन्दिर पूजा गरेर कुलमानले थाले चुनावी यात्रा

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन्।

यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाडौँका प्रमुख शक्तिपीठ तथा धार्मिक–ऐतिहासिकस्थलको दर्शन गरेका छन्।

धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ। पार्टीका अध्यक्ष घिसिङले जनताबाट प्राप्त समर्थन र हौसलाका आधारमा आफूहरुले मत पाउने विश्वास व्यक्त गरे।

प्रकाशित: १५ माघ २०८२ १२:२९ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast