काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ बाट एक सिफारिस भएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्रीय कमिटीले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो।
२०७९ सालमा पनि यही क्षेत्रबाट चुनाव लडेर ओली विजयी भएका थिए। उनले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बरभन्दा बढी मतले पराजति गरेका थिए। त्यस्तै २०७४ सालको निर्वाचनमा पनि
ओलीले कांग्रेसका अधिकारीलाई नै पराजित गरेका थिए।
ओली २०४८ सालमा झापा क्षेत्र नम्बर ६, २०५१ को मध्यावधि निर्वाचनमा झापा २ र २०५६ सालमा झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिभसा सदस्यमा निर्वाचित भएका थिए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी झापाबाटै पराजित भए। त्यसपछि २०७० को दोस्रो संविधानसभामा झापा ७ बाट उनी निर्वाचित भएका थिए।



