ह्वात्तै बढ्यो काठमाडौँको तापक्रम, के तातो पलाएको हो?

हिमाल प्रेस १४ माघ २०८२ ६:४४ | Wednesday, January 28, 2026
4
SHARES
ह्वात्तै बढ्यो काठमाडौँको तापक्रम, के तातो पलाएको हो?

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम ह्वात्तै बढेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ४ डिग्री सेल्सियसबाट एकैचोटि ८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ८‍.५ डिग्री सेल्सियसमा उक्लिएको हो। मौसम विभागका अनुसार तापक्रम फेरबदल सामान्य प्रक्रिया हो। तापक्रम बढेकै आधारमा गर्मी बढेको भन्न नमिल्ने विभागको भनाइ छ।

हिजो (मंगलबार) यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस थियो। यद्यपि पछि आधिकारिक मापनमा बिहान ८:४५ बजे अझ घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस कायम भएको थियो।

प्रकाशित: १४ माघ २०८२ ६:४४ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast