काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो।
हिजो यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। हिजो तापक्रम बढ्दा चिसो बढेको भनिएपछि आज घटेकाले तत्काल जाडो नघट्ने देखिएको छ। विभागका अनुसार तापक्रम सामान्य थपघट भइरहन्छ। तर महाशाखाले अहिले ८ः४५ मा पनि पुन: तापक्रम मापन गर्छ।
प्रकाशित: ११ माघ २०८२ ६:३९
प्रतिक्रिया



