काठमाडौँ कांग्रेसका सात क्षेत्रीय सभापति विशेष महाधिवेशनको विरोधमा

हिमाल प्रेस २५ पुष २०८२ १७:४८
काठमाडौँ कांग्रेसका सात क्षेत्रीय सभापति विशेष महाधिवेशनको विरोधमा

काठमाडौँ-  नेपाली कांग्रेस काठमाडौँका सात जना क्षेत्रीय सभापतिसहित काठमाडौँ महानगर समिति सभापतिले विशेष महाधिवेशनको विरोध गरेका छन्। वैशाखमा नियमित महाधिवेशन सम्पन्न गर्ने निर्णय भइसकेको अवस्थामा विशेष महाधिवेशन गर्नु विधानविपरित रहेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

काठमाडौँ क्षेत्र नम्बर २ का सभापति कवीर शर्मा, क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्का, क्षेत्र नम्बर ६ का सभापति श्याम कृष्ण खड्गी, क्षेत्र नम्बर ७ का कार्यवाहक सभापति नवीन मानन्धर, क्षेत्र नम्बर ८ का सभापति राजेश श्रेष्ठ, क्षेत्र नम्बर ९ का सभाप िजयकुष्ण महर्जन, क्षेत्र नम्बर १० का सभापति पुकार महर्जन र काठमाडौँ महानगरसमिति सभापति निलकाजी शाक्यले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध जनाएका हुन्।

कार्यसम्पादन समितिको बैठकले पार्टीे विधानअनुसार १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन नसक्ने उनीहरूले जनाएका छन्।

वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टी हितमा नरहेको र यसले पार्टीलाई विभाजनतर्फ लैजाने भनेर सचेत गराएका छन्।

विशेष महाधिवेशनलाई अगाडि बढाउँदा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीलाई क्षति पुग्ने उनीहरूले जिकिर गरेका छन्। उनीहरूले पार्टी केन्द्रीय कार्यालयबाट जारी भएको निर्देशनअुनसार एकताबद्ध भएर चुनावको तयारीमा जुट्न आग्रह गरेका छन।

संस्थापन पक्षले विशेष महाधिवेशन फिर्ता लिन आह्वान गरेको छ। तर, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरू भने निर्धारित मितिमा विशेष महाधिवेशन सम्पन्न गर्ने अडान लिएका छन्।
विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गरेर उद्घाटन समारोहमा विभिन्न ६ स्थानबाट र्‍यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटीमण्डप पुग्ने जनाएको छ।

जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले सुन्धारा, रत्नपार्क, बागबजार, पद्यमोदय मोडा, कमलपोखरी र कपुण्डोलबाट र्‍याली आयोजना गरिने बताए।
उनले उद्घाटन सत्रमा पार्टी सभापतिलगायतका नेताहरूको उपस्थिति रहने विश्वास व्यक्त गरे।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेका हुन्।

प्रकाशित: २५ पुष २०८२ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast