जसपा नेपालद्वारा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

हिमाल प्रेस २२ पुष २०८२ ८:३४
6
SHARES
जसपा नेपालद्वारा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सिफारिस गरिएको जसपा नेपालका अध्यक्ष सियाराम यादवले बताए। उनका अनुसार क्षेत्र नं १ बाट मोहम्मद असलम खान, चन्द्रभान तिवारी, कान्छा कोहार र क्षेत्र नं २ बाट दीपक गुरुङको नाम सिफारिस गरिएको छ।

क्षेत्र नं ३ बाट कैलाश गुरुङ, निलम यादव, सियाराम यादव, ४ बाट रामअवतार यादव तथा क्षेत्र नं ५ बाट मोहम्मद वाहीद फकिर, निधिलाल केवट, गोविन्द कोहार र राजकुमार लोधको नाम सिफारिस गरिएको जसपा नेपाल जिल्ला समितिले जनाएको छ।

प्रकाशित: २२ पुष २०८२ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast