निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

हिमाल प्रेस १५ माघ २०८२ २१:२२ | Thursday, January 29, 2026
10
SHARES
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त गस्ती सुरु गरेको छ।

जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौँको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौँ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए।

‘लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यका साथ कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको छौँ,’ परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने। त्यस्तै विभिन्न स्थानमा प्रहरीबाट ‘सरप्राइज’ चेकजाँच पनि गरिरहेको उनको भनाइ छ।

प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरुको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिए।

‘संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ,’ उनले भने, ‘विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ।’

प्रमुखथापाले निर्वाचनविरोधी गतिविधि र निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिका बारेमा सूचना संकलन गरेर सोहीअनुसार प्रहरी परिचालन गरिएको स्पष्ट पारे।

प्रकाशित: १५ माघ २०८२ २१:२२ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast