भेनेजुएलामाथि अमेरिकाको कदमप्रति झलनाथ खनालको आपत्ति

हिमाल प्रेस २० पुष २०८२ ८:५५
26
SHARES
भेनेजुएलामाथि अमेरिकाको कदमप्रति झलनाथ खनालको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण आपत्ति जनाएका छन्। अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्दै राष्ट्रपति निकोलस मदुरोलाई कब्जा गरेको थियो। मदुरो र उनकी श्रीमतीलाई हत्काडी लगाएर अमेरिका पुर्‍याएको छ। उनीहरूमाथि अमेरिकाले कानुनी कारबाही गर्ने योजना बनाएको छ भने भेनेजुएलामाथि शासन गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार भेनेजुएलामा अर्को सरकार नबनुन्जेल त्यहाँ अमेरिकाले शासन गर्ने छ।

‘अमेरिकाको ट्रम प्रशासनको डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएलामाथि १५० लडाकु एयरक्राप्टबाट नाङ्गो र क्रूर हमला गरेको छ । त्यहाँका कैयौँ नागरिकको हत्या गरेको छ, सैनिकको हत्या गरेको छ, सैनिक संरचना ध्वस्त पारेको छ र भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्त अपहरण गरेर अमेरिका पुर्याइएको छ,’ उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानूनलाई खिल्ली उडाउने कार्य हो र अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्य हो । म हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यो निर्लज्ज अमेरिकी कारवाहीको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछु ।’

भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश भएकाले अमेरिकीहरूले भण्डार कब्जा गर्न चाहेको पनि उनले बताएका छन् । मदुरोको सरकार यसका लागि सबैभन्दा ठूलो अवरोध बनेकाले अवरोध पन्छाउन ट्रम्प प्रशासनले ‘ड्रग ट्राफिकिङ’को फुट र नक्कली बहाना सिर्जना गरेको आरोप पनि लगाएका छन्।

प्रकाशित: २० पुष २०८२ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast