झलनाथ खनालले गरे पृथ्वीनारायण शाहको योगदानको चर्चा

हिमाल प्रेस २७ पुष २०८२ ७:२३ | Sunday, January 11, 2026
12
SHARES
झलनाथ खनालले गरे पृथ्वीनारायण शाहको योगदानको चर्चा

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै, सामाजिक, आर्थिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरूलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले नेपाल एकीकरणका योद्धा, वीर पुर्खा, महान् सहिद र आमनेपाली जनताको ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को सपना साकार पार्न समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको राज्य विस्तार अभियानको सुरुआतसँगै नेपालको पूर्वपश्चिम, हिमाल, पहाड र तराईमा रहेका स–साना राज्यहरूलाई एकीकरण गर्ने सिलसिला पनि सुरु भएको खनालले उल्लेख गरे ।

तात्कालीक समयका वीर पुर्खाको साहस, पराक्रम र दूरदर्शिताको परिणामस्वरुप हाम्रो मातृभूमि नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रूपमा विश्वमा परिचित रहेको उनको भनाइ छ।

बदलिँदो अन्तरराष्ट्रिय स्थिति, नेपाल र नेपाली जनताको आमूल परिवर्तनको आकांक्षालाई पूरा गर्न आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरूलाई विजय गराउनुपर्नेमा उनले जोड दिए। रासस

प्रकाशित: २७ पुष २०८२ ७:२३ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast