जीवन सिंहले सके ‘हन्टर’ को छायांकन, काे-काे छन् कलाकार?

हिमाल प्रेस ३० पुष २०८२ १५:०० | Wednesday, January 14, 2026
22
SHARES
जीवन सिंहले सके ‘हन्टर’ को छायांकन, काे-काे छन् कलाकार?

काठमाडौँ- फिल्म ‘हन्टर’ को छायांकन सकिएको छ। एक्सन ड्रामा जनरामा बनेको फिल्म ‘हन्टर’ को छायांकन ४५ दिनमा सकिएको हो।

फिल्म पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। फिल्म जीवन सिंहले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशकीय फिल्म हो। क्याच कक इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुतिमा बनेको फिल्मका लेखक र सम्पादक पनि निर्देशक स्वयं हुन्।

सुदूरपश्चिमको एक व्यक्तिको वास्तविक जीवन कथाबाट प्रेरित रहेर फिल्म बनाएको उनले खुलाए।

 

फिल्मको मुख्य भूमिकामा अरुण क्षेत्री छन्। साथै प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

कृष्ण थापाले छायांकन गरेको फिल्म शुक्ररा साहको एक्सन निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी, बाबुल गिरीको संगीतमा बन्नेछ।

ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता रोयल भिमसेन हुन्। निर्मातामा ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट छन्।

प्रकाशित: ३० पुष २०८२ १५:०० | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast