मकवानपुरमा जिप दुर्घटना, ६ जनाको मृत्यु

हिमाल प्रेस २० पुष २०८२ २१:०३
28
SHARES
मकवानपुरमा जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ- मकवानपुको भीमफेदीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतनजिकै आइतबार साँझ ना १ झ १७७८ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुवाहक जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा परेको सबै ६ जनाको हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो। मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूको मकवानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए। घाइतेहरूको अवस्था गम्भीर रहेको बताएको छ।

प्रकाशित: २० पुष २०८२ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast