संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो घोषणापत्र

हिमाल प्रेस १४ माघ २०८२ १५:३६ | Wednesday, January 28, 2026
12
SHARES
संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो घोषणापत्र

बुटवल- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

बुधबार बुटबलमा कार्यक्रम गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन्।

पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई समावेश गरेर घोषणापत्र सार्वजनिक गरिएको बताए।

उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजीओ आईएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको आरोप लगाए। समयमा नै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू चुनाव हुने भए पनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले बताए।

अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको धारण राखे।

उनले हरेक निर्वाचनबाट मुलुकलाई अप्ठेरोमा पार्ने व्यक्तिहरु नै सत्तामा आउने गरेको भन्दै यसपटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्ने व्यक्तिलाई मद्दत गरेर सदनमा पठाउन आग्रह गरे। आफ्नो पार्टी समेत निर्वाचनमा होमिएकाले मत दिन उनले अपिल समेत गरे।

यस्तै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अहिले चुनावमा नयाँ र पुरानाको भाष्य सिर्जना गरिएको बताउँदै त्यसमा कस्तो काम गर्नेलाई नयाँ भन्नेबारे होस् पुर्‍याउन आवश्यक रहेको बताइन्।

प्रकाशित: १४ माघ २०८२ १५:३६ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast