संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ : प्रधानमन्त्री कार्की

हिमाल प्रेस १ माघ २०८२ १६:४७ | Thursday, January 15, 2026
16
SHARES
संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन्।

माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वले आपसी सम्मान, एकता, सद्भाव र सहअस्तित्व कायम गर्ने भन्दै अहिलेको विशिष्ट परिस्थितिमा अझै संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी हुन्।

सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहनुभूति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आआफ्नो स्थानमा सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन्। प्रधानमन्त्री कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन सरकार सदैव प्रतिबद्ध रहेको धारणा राखिन्।

अरूले पाएको सुविधा जस्तै थारु समुदायले पनि आफ्नो सुविधा पाउनुपर्नेमा सरकार सजक रहेको उनको भनाइ छ।

यस्तै टुँडीखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्रान्ति महोत्सवमा सहभागी भई शुभकामना दिएका छन्। बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर उनले शुभकामना दिएकी हुन्।

सो क्रममा प्रधानमन्त्री कार्कीले विविधता र बहुलताबीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको बताइन्।

प्रकाशित: १ माघ २०८२ १६:४७ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast