आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व संकलन लक्ष्यभन्दा बढी

हिमाल प्रेस २१ पुष २०८२ १६:२५
8
SHARES
आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व संकलन लक्ष्यभन्दा बढी

रुपन्देही- आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।

कार्यालयले उक्त अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् रु ६ अर्ब ५० करोड ३२ लाख सात हजार संकलन गरेको हो।

कार्यालयले गत आवको सोही अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए।

उनका अनुसार राजस्वमा अन्त:शुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ। आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन्।

प्रकाशित: २१ पुष २०८२ १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast