भारतीय गायक कैलाश खेरले गाए फिल्म ‘शिवांश’ काे गीत

हिमाल प्रेस १५ माघ २०८२ १५:४० | Thursday, January 29, 2026
12
SHARES
भारतीय गायक कैलाश खेरले गाए फिल्म ‘शिवांश’ काे गीत

काठमाडौँ- फिल्म ‘शिवांश’ का लागि भारतीय गायक कैलाश खेरले गीत गाएका छन्। फिल्म निर्माण टिमले यसबारे जानकारी दिएको हो। कैलाश स्वयंले पनि नेपाल र नेपालीहरूको प्रशंसा गर्दै एक भिडियो सेयर गरेका छन्।

उनले भनेका छन्, ‘यस पटक केही विशेष छ। भारत-नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौँ, जुन मैले गाउने अवसर पाएको छु।’

भारत र नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गर्दै उनले ‘शिवांश’ लाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन्।

‘शिव ताण्डव’ बोलको गीत केही समयपछि युट्युबमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीले गीत लेखेका छन्। भने राजनराजसहित र न्ह्यू बज्राचार्य संगीतकारका रुपमा छन्।

फिल्म फागुन १ मा प्रर्दशन गर्ने टिमको तयारी छ। फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुसा न्यौपाने, बिमला लिम्बु, विकाश जोसी, प्रदीप कुमार चौधरी, सबीर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारले अभिनय गरेका छन्।

सन्तोष कुमार आत्रेयले निर्देशन गरेको फिल्मका निर्माता अञ्जान केसी हुन्। सन्तोषको यो डेब्यु निर्देशकीय फिल्म हो।

अञ्जान केसीले कथा लेखन रहेको फिल्म बारत लिम्बूको पटकथा लेखन छ। बारतले सहायक निर्देशकको रुपमा पनि काम गरेका छन्।

प्रकाशित: १५ माघ २०८२ १५:४० | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast