न्यायालयमा महिला सहभागिता बढ्दै जानु सकारात्मक : मल्ल

हिमाल प्रेस १९ पुष २०८२ १६:१४ | Saturday, January 3, 2026
22
SHARES
न्यायालयमा महिला सहभागिता बढ्दै जानु सकारात्मक : मल्ल

पोखरा– सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिला सहभागिता बढ्दै जानु सकारात्मक पक्ष भएको बताएकी छन्।

नेपाल कानून व्यवसायी परिषद्को ३३ औँ बार परीक्षा उत्तीर्णलाई अभिमुखीकरण तालिम तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले न्यायपालिकामा महिला सहभागिताको संख्या बढ्नु भनेको निकै सकारात्मक पक्ष भएको उल्लेख गर्दै अंशदेखि बंशको हकअधिकार सबै महिलालाई दिन सफल भएको पनि बताइन्।

उनले बारको लाइसेन्स लिएपछि विभिन्न ढोकाहरु खुलेको र क्षेत्र फराकिलो बनेकोमा नयाँ कानून व्यवसायीलाई बधाई तथा शुभकामना दिइन्। उनका अनुसार कानून पढ्नेहरुमा पनि ७० प्रतिशतजति महिला सहभागिता छ।

उनले अदालतलाई सबैको विश्वास जगाउने गरी काम गर्नुपर्ने, आफूले पनि भ्याएसम्म लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाल कानून व्यवसायी परिषद् गण्डकी प्रदेश सम्पर्क कार्यालय, पोखराको आयोजनामा भएको अभिमुखीकरण तालिम तीन दिनसम्म चल्नेछ। तालिममा ४० जना नयाँ कानून व्यवसायीले भाग लिएको परिषद्का गण्डकी प्रदेश पार्षद सदस्य दयाराम गौतमले जानकारी दिए।

तीन दिनसम्म चल्ते तालिममा कानून व्यवसायीको आचारसंहितादेखि विभिन्न ९ विषयमा प्रशिक्षण दिइनेछ।

प्रकाशित: १९ पुष २०८२ १६:१४ | Saturday, January 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast