पोखरा ल्याइयो आईसीसी ट्वान्टी-२० वर्ल्डकप ट्रफी

हिमाल प्रेस २२ पुष २०८२ १८:४९
6
SHARES
पोखरा ल्याइयो आईसीसी ट्वान्टी-२० वर्ल्डकप ट्रफी

पोखरा- आईसीसी ट्वान्टी-२० वर्ल्डकप ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी मंगलबार पोखरामा ल्याइएको छ। विश्वकप ट्रफी पोखरा रंगशाला र फेवाताल किनारसम्म पुर्‍याइएको थियो।

साथै लेकसाइड होटल म्याजेस्टिकमा आयोजित एसएजेएफ स्पोर्टस् समिट अवसरमा पनि लगिएको थियो। जहाँ खेलकुदसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए।

फेवाताल किनारमा ट्रफी सार्वजनिक कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव, सदस्यहरु लगायत खेलकुदकर्मीहरु पनि पुगेका थिए।

मुख्यमन्त्री पाण्डेले पछिल्लो समय नेपाली क्रिकेटमा क्रेज बढेको हुँदा संघ सरकार तथा प्रदेश सरकार पनि क्रिकेट खेलको थप विकासमा सहयोग गर्न तयार रहेको बताए। यसका लागि आवश्यक खेल मैनानदेखि लिएर अन्य कुरामा सहयोग गर्ने बताए। उनले नेपाली खेलाडीले आफ्नो नाम विश्वमा फैलाउन शुभकामना पनि दिए।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप ट्रफी सार्वजनिकीकरण गरेका थिए। सो अवसरमा उनले ट्वान्टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका थिए।

यसै गरी, राष्ट्रपति पौडेलले महिला विश्वकप ग्लोबल छनोट तथा भारत र श्रीलंकामा आयोजना हुन लागेको आसन्न ट्वान्टी–२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिए।

प्रकाशित: २२ पुष २०८२ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast