निर्वाचन अवधिमा सवारी जाँचलाई थप व्यवस्थित बनाउँछु: एसपी रिजाल

हिमाल प्रेस १३ माघ २०८२ २०:४८ | Tuesday, January 27, 2026
16
SHARES
निर्वाचन अवधिमा सवारी जाँचलाई थप व्यवस्थित बनाउँछु: एसपी रिजाल

सुर्खेत- राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको प्रमुखका रूपमा प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले पदबहाली गर्दै सुरक्षा व्यवस्थित गर्नु प्रमुख दायित्व रहेको बताएका छन्। मंगलबार पत्रकारहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रममा उनले कर्णाली राजमार्गको सुरक्षा व्यवस्थित गर्नु आफ्नो प्रमुख काम तथा दायित्व रहेको बताएका हुन्।

उनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन ट्राफिक प्रहरीले सक्रिय भूमिका खेल्ने समेत बताएका छन्। उनले निर्वाचन अवधिमा सवारी जाँचलाई थप व्यवस्थित बनाउने बताए।

हाल ट्राफिक नियम उल्लंघन बढ्दै गएको र त्यसकै कारण सडक दुर्घटना बढेर जनधनको क्षति हुने समस्या देखिएको उनले जानकारी दिए।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले सवारी चालकहरूमा ट्राफिक सचेतनाको कमी र नियम पालनामा कमजोरी मुख्य चुनौती रहेको धारणा राखे।

प्रकाशित: १३ माघ २०८२ २०:४८ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast