उत्तरी गोरखामा भारी हिमपात

हिमाल प्रेस १४ माघ २०८२ १३:१९ | Wednesday, January 28, 2026
12
SHARES
उत्तरी गोरखामा भारी हिमपात

गोरखा- जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ। आज बिहान ३:०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन्।

चुमनुब्री गाउँपालिका-१ को साम्दो, सामागाउँ, वडा नं २ को ल्हो, स्याला, वडा नंं ६ को चुम्चेत, वडा नं ७ को नौवटै गाउँबस्तीमा हिमपात भएको स्थानीयवासीको भनाइ छ।

‘बिहान ३:०० बजेदेखि हिउँ पर्न सुरु गरेको हो’, चुमनुब्री-७ का पासाङफुञ्जो लामाले भने,‘हिउँ परेपछि गाउँलेहरू एकदम खुसी भएका छन्।’

खेतीपानी राम्रो हुने, धुलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुसी भएका उनको भनाइ छ।

‘सधैँ हुरीबतास चलेर अहिले त घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था थियो’,उनले भने,‘अब बल्ल हिउँ पर्‍यो। आगालागीको पनि डर हट्यो। हुरीबतास चलेर धुलो उडाएर बस्न नसक्ने भएको थियो। त्यस्तो पनि नहुने भयो अनि मंसिरमा लगाएको गहुँखेतीले पनि पानी पाउने भयो। वनको झारलहरूले पनि पानी खान नपाएर आत्तिसकेका थिए। अब पानी खान पाउने भए।’

हिमपात भएपछि गाउँलेहरूको दिनचर्यामा पनि परिवर्तन भएको छ। अहिले सबै जना घरभित्रै आगो तापेर बसेका छन् भने करिब एक फिट हिउँ जमेको उनले बताए।

प्रकाशित: १४ माघ २०८२ १३:१९ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast