तराईमा हुस्सुको प्रभाव, हवाई उडान प्रभावित हुन सक्ने

हिमाल प्रेस २७ पुष २०८२ ६:२८ | Sunday, January 11, 2026
20
SHARES
तराईमा हुस्सुको प्रभाव, हवाई उडान प्रभावित हुन सक्ने बाक्लो हुस्सुले ढाकेको पर्साको वीरगन्जस्थित घण्टाघर क्षेत्र। एक सातादेखि बिहानको समयमा बाक्लो हुस्सु लाग्दा यहाँको जनजीवन प्रभावित भएको छ। तस्बिर : रासस

काठमाडौँ- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित: २७ पुष २०८२ ६:२८ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast