घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस १७ पुष २०८२ ७:४२
6
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ–  काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस देखिएको हो।

उक्त समय काठमाडौँको न्यूनतम तापक्रम हिजो (बुधबार) ५.१ डिग्री सेल्सियस थियो भने अस्ति मंगलबार ५.२ डिग्री सेल्सियस थियो।

यद्यपि हिजो बिहान ८:४५ बजे पुन: मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियसमा झरेको थियो। सबैभन्दा तल झरेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हुन्छ।

 

 

प्रकाशित: १७ पुष २०८२ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast