पशुपति शर्मालाई हिट हुन नेताविरुद्ध स्टाटस लेख्ने दिन आएकै हो त?

हिमाल प्रेस १६ माघ २०८२ १४:११ | Friday, January 30, 2026
42
SHARES
पशुपति शर्मालाई हिट हुन नेताविरुद्ध स्टाटस लेख्ने दिन आएकै हो त?

काठमाडौँ- लोक तथा दोहोरी गायक पशुपति शर्माले हिट हुन कस्तोविरुद्ध स्टाटस लेखुम? भन्दै दर्शकलाई सोधेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शकलाई हिट हुन स्टाटस लेख्ने प्रवृतिप्रति व्यंग्य गरेका हुन्।

उनले लेखेका छन्, ‘गीत गाएर भन्दा स्टाटस लेखेर हिट हुनी दिन आइसक्यो। लौन मैले कस्तोविरुद्द स्टाटस लेखूम? ओली, देउवा, प्रचण्ड, गगन, रवि, बालेन, हर्क। लौ त कमेन्ट लेख्दिनुस्।’

गायक तथा संगीतकार शर्माका ‘लुट्न सके लूट कान्छा’, ‘झोले त तै झोले त मै’, ‘स्याङ्जा जाने बाटैमा तनहुँ’, ‘झम झम दर्कियो पानी’, ‘मलाई अमेरिका यहीँ’, ‘क्याम्पस पढ्न आउने’लगायत दजनौं गीत हिट छन्।

विगतको तुलनामा उनको नयाँ गीत त्यति चलेको छैन्। तथापि दर्शकमाझ उनी लोकप्रिय छन्।

प्रकाशित: १६ माघ २०८२ १४:११ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast