हर्क साम्पाङ भन्छन् : मैले सुदन किरातीलाई पार्टीमा आउन भनेको थिए, तर कुरा मिलेन

हिमाल प्रेस २८ पुष २०८२ ८:३९ | Monday, January 12, 2026
16
SHARES
हर्क साम्पाङ भन्छन् : मैले सुदन किरातीलाई पार्टीमा आउन भनेको थिए, तर कुरा मिलेन धरानमा हर्क साम्पाङ र सुदन किरातीबीच भएको भेटवार्ताको तस्बिर। तस्बिर : हेमन्त किराती

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुदन किरातीसँगको भेटबारे अपबाहमा नपर्न अनुरोध गरेका छन्।

हिजो प्रगतिशिल लोकतान्त्रिक समाजवादी प्रलोपाका नेता किरातीसँग साम्पाङको भेट भएको थियो। भेटका क्रममा कतिपयले किरातीले साम्पाङलाई प्रलोपामा आउन अनुरोध गरेको चर्चा गरेका थिए। तर साम्पाङले अपवाह भन्दै आफूले चाहिँ किरातीलाई पार्टीमा आउन भनेको बताएका छन्।

सामाजिक सन्जालमार्फत साम्पाङले आफूले आउन भने पनि किराती नमानेको बताएका छन्। तर आगामी दिनमा पनि प्रलोपासँग गठबन्धन नहुने किरातीले खुलासा गरेका छन्।

साम्पाङ र किराती पूर्वी क्षेत्रका नेता हुन्। उनीहरू दुवै सुनसरी १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।उनीहरूबीच प्रतिस्पर्धा हुने आँकलन भइरहेका बेला भएको भेटलाई निर्णायक मानिएको थियो। तर दुवै नेताले एकअर्कालाई आफ्नो पार्टीमा आउन अनुरोध गरेको खलेको छ।

प्रकाशित: २८ पुष २०८२ ८:३९ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast