काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार हुने भएका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेदवारीको घोषणा गर्दै भने,‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु। जय माटो। जय देश।’
साम्पाङ धरान नगरप्रमुखको रूपमा सक्रिय रहेका छन् र स्थानीय स्तरमा विकास तथा श्रम अधिकारको क्षेत्रमा काम गर्दै आएका छन्।
प्रकाशित: २३ पुष २०८२ १३:२६
प्रतिक्रिया



