इटहरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार साँझ उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन्।
फागुन २१ गते तोकिएको निर्वाचनमा सहभागी हुने उद्देश्यले राईले दिएको राजीनामा उपमेयर बेघाले स्वीकृत गरेका छन्। राईले श्रम संस्कृति पार्टी नामक दल दर्ता गरेर प्रचारप्रसारमा होमिएका छन्।
उनी सो पार्टीको पनि अध्यक्ष हुन्। उनले सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिने तयारी छ।
यसै गरी धरान-१७ का वडाध्यक्ष सूर्य भट्टराई (मनोज)ले पनि राजीनामा दिएका छन्। भट्टराईलाई प्रचण्ड नेतृत्वको नेकपाले सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ।

प्रकाशित: ४ माघ २०८२ १८:५३ | Sunday, January 18, 2026
प्रतिक्रिया





