मन्त्री घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई जानकारी छैन : मन्त्री खरेल

हिमाल प्रेस १८ पुष २०८२ १८:३२ | Friday, January 2, 2026
30
SHARES
मन्त्री घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई जानकारी छैन : मन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन्।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय औपचारिकरूपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताएका हुन्।

सरकारको मन्त्रीमात्रै नभई जोकोही योग्य नागरिक चुनावमा उठ्न पाउने भन्दै उनले पद र शक्तिको दुरुपयोग भने गर्न नमिल्ने उल्लेख गरे।

खरेलले आफू नागरिक सरकारको प्रवक्ताका साथै सञ्चारमन्त्री पदमा रहेकाले अहिलेसम्म कुनै पार्टीमा आबद्ध नरहेको र चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा कुनै निर्णय नगरेको बताए।

उनले आसन्न प्रतिनिधिसभाको निर्वाचनको सबै तयारी भइसकेकाले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह समेत गरे।

प्रकाशित: १८ पुष २०८२ १८:३२ | Friday, January 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast