एकैदिन प्रतितोला चार हजार ६०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिमाल प्रेस २१ पुष २०८२ ११:१७ | Monday, January 5, 2026
16
SHARES
एकैदिन प्रतितोला चार हजार ६०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार हजार ६ ०० रुपैयाँ बढेको हो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २१ पुष २०८२ ११:१७ | Monday, January 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast