काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य नै २ लाख ३८ हजार ३४० रुपैयाँ पुगेको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो।
प्रकाशित: ३० पुष २०८२ ११:२८
प्रतिक्रिया



