सुनको मूल्य हालसम्मकै उच्च

हिमाल प्रेस २८ पुष २०८२ १०:५६ | Monday, January 12, 2026
12
SHARES
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । यस दिन छापावाल सुनको मूल्य तोलको दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो हालसम्मकै उच्च हो। आइतबार (पुस २७) छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । सोमबार एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १९५ रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो।

प्रकाशित: २८ पुष २०८२ १०:५६ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast