सुन प्रतितोला ३ लाख नाघ्यो

हिमाल प्रेस ९ माघ २०८२ ११:१४
6
SHARES
सुन प्रतितोला ३ लाख नाघ्यो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको हो। एकैदिन सुनको मूल्य ९ हजार २ सय रुपैयाँ बढेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्य पनि बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँ बढी हो।

प्रकाशित: ९ माघ २०८२ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast