काठमाडौँ- पछिल्ला केही दिनयता सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि मूल्य घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु चार हजार ४७० मा कारोबार भएको थियो।
प्रकाशित: १७ पुष २०८२ ११:१६
प्रतिक्रिया



