महामन्त्री शर्माले पेस गरे सांगठनिक प्रतिवेदन

हिमाल प्रेस २८ पुष २०८२ १२:२५ | Monday, January 12, 2026
16
SHARES
महामन्त्री शर्माले पेस गरे सांगठनिक प्रतिवेदन

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्। बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका छन्।

यसअघि महाधिवेशनले कार्यविधि पारित गरेको थियो। पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागु गरिएको हो।

बन्दसत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको हो। यही कार्यविधि अनुसार बन्दसत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन्।

प्रकाशित: २८ पुष २०८२ १२:२५ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast