गोकुल बास्कोटाको व्यंग्य : चुनावअघिका कुरा सुन्दा कुनै दल दोस्रो नहोलान् जस्तो छ

हिमाल प्रेस १७ माघ २०८२ ८:२३ | Saturday, January 31, 2026
12
SHARES
गोकुल बास्कोटाको व्यंग्य : चुनावअघिका कुरा सुन्दा कुनै दल दोस्रो नहोलान् जस्तो छ

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावअघिको दलहरूको कुरा सुन्दा कुनै दल दोस्रो नहुने जस्तो देखिएको भन्दै व्यंग्य गरेका छन्। सामाजिक सन्जालमार्फत बास्कोटाले सबै जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको देखिएको भन्दै व्यंग्य गरेका छन् । शनिबार बिहान फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै बास्कोटाले यस्तो व्यंग्य गरेका हुन् ।

‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।’

तर खासकुरा मतदातामा निर्भर रहने उनले बताएका छन् । ‘मतदाताको मनमा के छ रु परिणाम त त्यहीँ प्रकट होला । हो–हल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ । यो त नेपाल मामुली कुरो भैगो,’ बास्कोटाले लेखेका छन् ।

 

प्रकाशित: १७ माघ २०८२ ८:२३ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast