संस्थापनसँग छलफल गर्न गगन-विश्वले बनाए वार्ता समिति, के फुट टर्ला?

हिमाल प्रेस २९ पुष २०८२ ६:४३ | Tuesday, January 13, 2026
24
SHARES
संस्थापनसँग छलफल गर्न गगन-विश्वले बनाए वार्ता समिति, के फुट टर्ला? फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसभित्रको विवाद मिलाउन विशेष महाधिवेशन पक्षधरले वार्ता समिति गठन गरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका हुन्।

समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन्।

सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग सम्वाद गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई जिम्मा दिएका छन्।

फुटको दिशामार्फत धकेलिएको कांग्रेसलाई एक बनाउन दुवै पक्ष लागेका छन्। विशेष महाधिवेशनलाई गगन–विश्वले अघि बढाए पनि संस्थापन शेरबहादुर देउवा निकट नेताहरूले असन्तुष्टि जनाएका छन्। यही कारण कांग्रेस विभाजित हुने हो कि भन्ने आशंका बढेको छ।

प्रकाशित: २९ पुष २०८२ ६:४३ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast