अर्घाखाँचीमा एउटै वडाका चार उम्मेदवार

हिमाल प्रेस ९ माघ २०८२ ८:०७
8
SHARES
अर्घाखाँचीमा एउटै वडाका चार उम्मेदवार

अर्घाखाँची- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन्।

एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको मालारानी गाउँपालिका-५ बागीका चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट पिताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवारी दिएका रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका-५ बागी एउटै गाउँका छन्।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका विष्णुप्रसाद खनाल मुस्कान मालारानी गाउँपालिका-४ खनकाका बासिन्दा हुन्।

मालारानी गाउँपालिकाका पाँच जना उम्मेदवार छन्। अर्घाखाँचीमा विभिन्न पार्टी र स्वतन्त्र गरी एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: ९ माघ २०८२ ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast