पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्जका मेयर राजेशमान सिंह एमालेमा

हिमाल प्रेस ५ माघ २०८२ ६:५४ | Monday, January 19, 2026
66
SHARES
पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्जका मेयर राजेशमान सिंह एमालेमा

काठमाडौँ- पूर्वमन्त्री प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पनि एमाले प्रवेश गरेका छन्।

जसपा नेपालसँग पार्टी एकीकरण भएको २० दिनमै प्रदीपले पार्टी बदलेका हुन्। १४ पुस अघि प्रदीप जनता समाजवादी पार्टी (जसपा) मा थिए। त्यसदिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको थियो।

प्रदीप पर्सा क्षेत्र नम्बर १ बाट लगातार दुई पटक प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए। ०७९ को निर्वाचनमा उनी २२ हजार ५ सय ३७ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। निर्वाचनको समयमा उनी जसपा नेपालमा थिए। २०८१ वैशाखमा पार्टी फुट्दा प्रदीपले अशोक राईलाई साथ दिँदै जसपामा गएका थिए।

प्रकाशित: ५ माघ २०८२ ६:५४ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast