पूर्वमाओवादी नेताहरूले सामूहिकरूपमा छाडे नेकपा

हिमाल प्रेस ३० पुष २०८२ ९:४७
10
SHARES
पूर्वमाओवादी नेताहरूले सामूहिकरूपमा छाडे नेकपा

काठमाडौँ- तत्कालीन नेकपा माओवादी केन्द्रमा आबद्ध तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालसहितका नेताहरूले आफूहरू नेपाली कम्युनिस्ट पार्टीमा नरहेको घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिहरूबाट स्वेच्छाले अलग भएको उनीहरूको भनाइ छ ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन नेकपा माओवादी रूपन्देही सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ढकालसहितले पार्टी छाडेका हुन् ।

पार्टी छाड्नेहरूमा नगर सचिवालय सदस्य जितेन्द्र खत्री, जिल्ला सदस्य लोकबहादुर नेपाली, नगर सचिवालय सदस्य नारायण गौतम, प्रदेश प्रतिनिधि शोभाखर पाण्डे ‘माधव’, जगबहादुर श्रेष्ठ, राजकुमार पाण्डेलगायत छन् ।

‘हामीले आफ्नो व्यक्तिगत सोच, अनुभव तथा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर मूल्याङ्कनपछि लिएका हौं । यो निर्णय कुनै व्यक्ति विशेषप्रति व्यक्तिगत असन्तुष्टिका कारण नभई आफ्ना विचार, सिद्धान्त र जनहितप्रतिको प्रतिबद्धताका आधारमा गरिएको हो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पार्टी वैचारिक रूपमा विचलन भएको र पार्टीको मूल्य मान्यता विपरीत हिँडेकाले स्वेच्छाले पार्टी छाडेको बुटवल वडा नम्बर ३ का अध्यक्ष समेत रहेका ढकालले बताए । उनले अहिले तत्काल कुनै पार्टीमा नगएको बताउँदै छलफल गरेर निर्णय गर्ने बताए ।

प्रकाशित: ३० पुष २०८२ ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast