सुनसरीमा ट्रक दुर्घटनामा परेर पाँच कामदारको मृत्यु

हिमाल प्रेस १ माघ २०८२ ९:५८ | Thursday, January 15, 2026
8
SHARES
सुनसरीमा ट्रक दुर्घटनामा परेर पाँच कामदारको मृत्यु

इटहरी- भारी सामग्री ढुवानीका क्रममा अपनाइनुपर्ने न्यूनतम सुरक्षा मापदण्डको बेवास्ता गर्दा सुनसरीको भोक्राह नरसिंह गाउँपालिकास्थित फूलचोकमा पाँच जना कामदारले ज्यान गुमाएका छन्।

विराटनगरबाट मार्बल लोड गरेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक बिहीबार (आज) बिहान अनियन्त्रित भई पल्टिँदा ट्रकमाथि बसेका पाँच जना कामदार लोड गरिएको मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ट्रक पल्टिँदा चालकसहित अन्य दुई जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न सकेको छैन। घाइतेको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मृतकहरू ट्रकको डिक्कामाथि राखिएको मार्बलसँगै यात्रा गरिरहेका थिए। ढुवानीका क्रममा कामदारलाई यसरी ट्रकमाथि राखेर यात्रा गराइनु कानुनी तथा मानवीय दुवै हिसाबले गम्भीर लापरबाही भएको प्रहरीको भनाइ छ।

प्रकाशित: १ माघ २०८२ ९:५८ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast