बैतडी- खैरो हिरोइनसहित एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो।
उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ। रासस
प्रकाशित: २३ पुष २०८२ १३:३७
प्रतिक्रिया



