चितवनमा महिलाको हत्या गरी लुटपाट, पाँच जना पक्राउ

हिमाल प्रेस १५ माघ २०८२ १८:०९ | Thursday, January 29, 2026
32
SHARES
चितवनमा महिलाको हत्या गरी लुटपाट, पाँच जना पक्राउ

काठमाडौँ- चितवनमा एक महिलाको विभत्स हत्या गरेको आरोपमा चितवन प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गर्दै चितवनको रत्ननगर नगरपालिका–४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको घरभित्र विभत्स हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको जनाएको हो।

तामाङलाई आफ्नै घरको कोठामा हात खुट्टा र मुखमा कपडाले बाँधेर हत्या गरी गरगहना नगद र मोबाइल फोन लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए।

उक्त हत्यामा बारा घर भई हाल चितवन बस्ने मोटे र विजय भन्ने शुक्रबहादुर भोलान, बारा घर भई ललितपुर च्यासल बस्ने सूर्यमान तामाङ, धादिङका बुद्धिमान लामा, स्याङ्जा घर भई चितवन बस्ने मिलन भन्ने कौ बहादुर गुरूङ र मकवानपुर घर भई काठमाडौँ थानकोट बस्ने हिराबहादुर स्याङतानलाई पक्राउ गरिएको उनले बताए।

पक्राउ परेका व्यक्तिहरूबाट ना २५ प ६९६५ निलो कालो पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। केही दिनअघि एक्लै बस्दै आएकी सुकमायाको आफ्नै घरमा विभत्स हत्या गरिएको अवस्थमा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रकाशित: १५ माघ २०८२ १८:०९ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast