कम खर्चमा चुनाव सम्पन्न गर्न आयोगलाई अर्थमन्त्रीको आग्रह

हिमाल प्रेस ४ माघ २०८२ १६:२३ | Sunday, January 18, 2026
18
SHARES
कम खर्चमा चुनाव सम्पन्न गर्न आयोगलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्ने बताएका छन्। निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार निर्वाचन आयोगमा भएको छलफलमा अर्थमन्त्री खनालले कमभन्दा कम खर्चमा चुनाव सम्पन्न गर्न आग्रह गरेका हुन्।

अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गरे।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागु हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरूलाई अवगत गराइने बताए।

त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्रीलाई निर्वाचन तयारीबारे जानकारी गराएका थिए।

प्रकाशित: ४ माघ २०८२ १६:२३ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast