९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली संशोधनमा महासंघले गर्‍यो सरकारसँग छलफल

हिमाल प्रेस २९ पुष २०८२ १७:३७ | Tuesday, January 13, 2026
5.4k
SHARES
९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली संशोधनमा महासंघले गर्‍यो सरकारसँग छलफल लक्ष्मीकिशोर सुवेदी, अध्यक्ष नेपाल शिक्षक महासंघ।

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघले सरकारसँग ९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली संशोधनमा छलफल गरेको बताएका छन्।

सोमबार र मंगलबार (पुस २८ र २९) भएको छलफलमा शिक्षक महासंघको प्रतिनिधि मण्डलले शिक्षा सचिव र अर्थ सचिवसँग भेट गरी ९ बुँदे निर्णयको कार्यान्वयन, शिक्षक सरुवा कार्यविधिमा देखिएका जटिलता र शिक्षा नियमावली संशोधनका विषयमा छलफल गरेको अध्यक्ष सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार शिक्षक सरुवा कार्यविधिमा रहेका व्यावहारिक समस्या समाधान गर्न स्पष्ट र सरल व्यवस्था आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ। साथै, शिक्षा नियमावली संशोधनसम्बन्धी प्रस्ताव अर्थ मन्त्रालय हुँदै कानुन मन्त्रालयसम्म पुगेको अवस्थामा रहेको जानकारी पनि सचिवहरूबाट प्राप्त भएको उनले बताए।

अध्यक्ष सुवेदीले गत वैशाख १७ गते सरकार र नेपाल शिक्षक महासंघबीच शिक्षा क्षेत्रका विभिन्न समस्या समाधानका लागि ९ बुँदे सहमति भएको स्मरण गराउँदै उक्त सहमति कार्यान्वयन हुनुपर्नेमा महासंघ दृढ रहेको बताए।

उनले सहमति कार्यान्वयनमा ढिलाइ हुँदा शिक्षक तथा कर्मचारी असन्तुष्ट बनेकाले सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २९ पुष २०८२ १७:३७ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast