नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

हिमाल प्रेस ३० पुष २०८२ १०:४६
44
SHARES
नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत प्रतिस्पर्धा हुने पदमा विद्युतीय भोटिङ मेसिनमार्फत निर्वाचन गराइने महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

उनले पारदर्शी र छिटो नतिजा प्राप्त गर्न विद्युतीय प्रणाली प्रयोग गर्न लागिएको जानकारी दिए।

विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्र नयाँ नेतृत्व चयनतर्फ केन्द्रित भएको छ। नेतृत्व चयनका लागि मंगलबारदेखि नै उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सुरु गरिएको थियो।

निर्धारित समयभित्र सबै उम्मेदवारले मनोनयन दर्ता गर्न सकून् भनेर बुधबार बिहानसम्म समय थप गरिएको थियो।

प्रकाशित: ३० पुष २०८२ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast