मुलुकको विद्यमान समस्या समाधानको विकल्प निर्वाचन : नेपाल

हिमाल प्रेस २१ पुष २०८२ २१:१२
8
SHARES
मुलुकको विद्यमान समस्या समाधानको विकल्प निर्वाचन : नेपाल फाइल तस्बिर

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनमार्फत देशमा विद्यमान समस्याको समाधान गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालीन समस्या समाधान गर्ने भएकाले त्यसको विकल्प खोज्न नहुने उल्लेख गरे।

शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार विकास गर्न आग्रह गर्दै नेता नेपालले निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए।

मुलुकमा भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्गमनले देशको सामाजिक–आर्थिक संकट निरन्तर गहिरिँदै गइरहेको बताउँदै उनले संकटबाट देशलाई जोगाउन समस्त कम्युनिस्टहरु, वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, देशभक्तहरु र लोकतन्त्रप्रेमीहरूबीच राष्ट्रिय एकता निर्माण गर्नुपर्ने विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले सबै कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गर्ने उद्देश्यले सत्रवटा वाम समूहहरूलाई एकताबद्ध बनाएर नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast