निर्वाचनको कार्यतालिका संशोधन हुँदैन : आयोग

हिमाल प्रेस ५ माघ २०८२ १८:११ | Monday, January 19, 2026
98
SHARES
निर्वाचनको कार्यतालिका संशोधन हुँदैन : आयोग

काठमाडौँ- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने स्पष्ट पारेको छ।

सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात् माघ ६ गते मनोनयन दर्ता हुने बताएका हुन्।

कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब माघको ६ गते मनोनयन पत्र दाखिल गर्ने समय आएको उनले बताए। उनले मनोनयन दाखिला प्रक्रियाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।

भण्डारीले निर्वाचन आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताए। अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम नहुने उनको भनाइ छ।

उनले तोकिएकै मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन हुने धारणा राखे। आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्नेलगायतका कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।

प्रकाशित: ५ माघ २०८२ १८:११ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast