निर्वाचन आयोगको निर्णय दुर्भाग्यपूर्ण : खड्का

हिमाल प्रेस २ माघ २०८२ २०:२५ | Friday, January 16, 2026
40
SHARES
निर्वाचन आयोगको निर्णय दुर्भाग्यपूर्ण : खड्का

काठमाडौँ- नेपाली कांग्रेस देउवा समूहका कार्यवाहकसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन्। विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको निर्णयलाई उनले दुर्भाग्यपूर्ण बताएका हुन्।

निर्वाचन आयोगको निर्णयपछि आयोग परिसररमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकपक्षीय निर्णय मान्य नहुने उल्लेख गरे।

निर्वाचन आयोगले एकपक्षीय ढंगले निर्णय गरेको भन्दै उनले आयोगको निर्णय खारेज गर्ने बताए।

खड्काले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउँदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे।

उनले आयोगको निर्णय स्थापित नजरिको विरूद्धमा रहेको बताए।

निर्वाचन आयोगले कांग्रेस विवादको निरुपण गर्दै कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

प्रकाशित: २ माघ २०८२ २०:२५ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast