गगन थापालाई बोलायो निर्वाचन आयोगले

हिमाल प्रेस २ माघ २०८२ १३:३१ | Friday, January 16, 2026
98
SHARES
गगन थापालाई बोलायो निर्वाचन आयोगले कार्वाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई शनिबार नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएको विवरण बुझाउँदै पार्टी सभापति गगनकुमार थापा।

काठमाडौँ-  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई निर्वाचन आयोगले डाकेको छ। आयोगले शुक्रबार दिउँसो २ बजेका लागि चुनाव चिह्न लगायतका विषयमा छलफल गर्न बोलाएको दोस्रो विशेष महाधिवेशनको जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले जानकारी दिए।

उनका अनुसार आयोगले छलफलका लागि सभापति थापालगायत सबै केन्द्रीय सदस्यहरूलाई बोलाएको छ। थापासहितको टोलीले विशेष महाधिवेशनबाट नेतृत्व र नीति परिवर्तन भएको विषयमा बिहीबार आयोगलाई जानकारी गराएका थिए।

यसैबीच शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोलीले शुक्रबार निर्वाचन आयोगमा पुगेर विशेष महाधिवेशनबाट निर्वाचित भएको भनिएको थापा सभापति रहेको कार्यसमिति अवैधानिक रहेको प्रस्ट पारेको छ।

प्रकाशित: २ माघ २०८२ १३:३१ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast